काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
उक्त बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने तय भएको छ ।