काठमाडौं । काभ्रेपलाञ्चोकमा पहिरो र लेदो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार राजमार्गअन्तर्गत रोशी गाउँपालिका-९ पिन्थलीमा खहरे खोलाबाट ढुङ्गा र माटोसहितको लेदो सडकमा आएको छ भने रोशी गाउँपालिका-८ गिम्दीबेसीमा पनि लगातार पहिरो खसिरहेको छ ।
सडक दुवैतर्फ पूर्ण रूपमा बन्द भएपछि र अझै पनि पहिरो तथा लेदो झर्ने उच्च जोखिम कायम रहेकाले प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने तयारीमा रहेका सबै यात्रुलाई तत्काल यात्रा सुरु नगर्न अनुरोध गरेको छ ।
सडक खुल्नेबारे आधिकारिक जानकारी नआएसम्म जोखिम मोलेर यात्रा नगर्न र सुरक्षित स्थानमै बस्न सम्बन्धित निकायले सबैमा आग्रह गरेको छ ।