काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न र विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाइने भएको छ।
पार्टीले बुधबार अपराह्न ४:३० बजे कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा ज्ञापनपत्र बुझाउन लागेको हो ।
गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था र प्रवासमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित आयोगको ध्यानाकर्षण गराउन लागिएको पार्टीले जनाएको छ।
ज्ञापनपत्रमार्फत स्थानीय निर्वाचनलाई गैरदलीय स्वरूपमा सञ्चालन गर्ने व्यवस्था गर्न तथा विदेशमा रहेका नेपाली नागरिकले पनि मतदानमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायलाई आग्रह गरिने कार्यक्रम रहेको छ ।