पछिल्लो २४ घण्टामा विपद्का २१ घटना, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा भएका विभिन्न विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

सर्पदंश र आगलागीका घटनामा एक–एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणको विवरणअनुसार पछिल्लो २४ घण्टामा देशका २१ जिल्लामा सर्पदंश, आगलागी र पहिरोलगायतका २१ वटा विपद्जन्य घटना भएका छन् । ती घटनामा ३ जना घाइते भएका छन् ।

विपद्का कारण ४१ लाख ५४ हजार ९४० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनापछिको उद्धार तथा व्यवस्थापनका लागि ११४ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । 

Share News