बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं । बजाजले आफ्नो लोकप्रिय पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीका अनुसार शक्ति, तीव्रता र आत्मविश्वासका लागि परिचित ढाँटसँगको सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउनेछ ।

‘पावर मिट्स पावर’ अवधारणामा आधारित यो सहकार्यले रविन्द्र ढाँटको व्यक्तित्व र पल्सर एनएसको प्रदर्शनबीचको समानतालाई प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । ढाँटको शक्ति, तीव्रता र प्रभावशाली व्यक्तित्व पल्सरको पावर, प्रदर्शन तथा मस्कुलर स्ट्रिटफाइटर डिजाइनसँग मेल खाने कम्पनीको भनाइ छ ।

बजाजले पल्सरलाई शक्ति, प्रदर्शन र आक्रामक राइडिङ चरित्रका लागि परिचित मोटरसाइकलका रूपमा प्रस्तुत गर्दै आएको छ । ढाँटसँगको सहकार्यबाट विशेषगरी युवा तथा प्रदर्शनमुखी मोटरसाइकलमा रुचि राख्ने राइडरसँग ब्रान्डको सम्बन्ध थप बलियो हुने कम्पनीले अपेक्षा गरेको छ ।

अब रविन्द्र ढाँट पल्सर एनएसका विभिन्न ब्रान्ड कम्युनिकेसन, अभियान तथा उपभोक्ता संलग्नताका गतिविधिमा सहभागी हुनेछ न्। यसमार्फत पल्सरका उत्पादनका विशेषता तथा प्राविधिक पक्षसँगै शक्ति, आत्मविश्वास र प्रदर्शनलाई समेत प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

Share News