बजाज चेतकले ल्यायो चाडपर्व लक्षित अफर, १ लाखसम्म क्यासब्याक र ५ वर्षे वारेन्टी

काठमाडौं । नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आसन्न चाडपर्वलाई लक्षित गर्दै ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ । 

दशैंदेखि छठसम्म लागू हुने यो सीमित अवधिको अफर ग्राहकहरूलाई स्वच्छ तथा प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा सहजै जोड्ने उद्देश्यले ल्याइएको हो । 

यस अभियानअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्दा ग्राहकहरूले ५ प्रतिशत ब्याजदरमा ईएमआई फाइनान्सिङ, १ लाखसम्मको क्यासब्याक, ५ वर्षको वारेन्टी, ५ वर्षसम्म ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज गरी पाँचवटा विशेष सुविधाहरू प्राप्त गर्नेछन् ।

नयाँ योजनाबारे जानकारी दिँदै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वको अवसरमा ग्राहकहरूलाई आर्थिक रूपमा सहज र झन्झटरहित सुविधा प्रदान गर्न यो अफर ल्याइएको बताए । 

शून्य प्रतिशत ब्याज, आकर्षक क्यासब्याक र दीर्घकालीन वारेन्टीजस्ता सुविधाहरूले गर्दा चालकहरूले कुनै पनि दुविधाबिना ढुक्क भएर स्मार्ट तथा वातावरणमैत्री यात्रा रोज्न सक्ने विश्वास कम्पनीले लिएको छ । 

क्लासिक डिजाइन, आधुनिक पर्फर्मेन्स र स्मार्ट कनेक्टिभिटीका कारण नेपाली बजारमा भरपर्दो इलेक्ट्रिक स्कुटरका रूपमा स्थापित चेतकको यो फेस्टिभ फाइभ अफर देशभरका सबै आधिकारिक बजाज तथा चेतक शोरुमहरूमा छठसम्म उपलब्ध रहनेछ ।

Share News