काठमाडौं । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले चाडपर्व लक्षित विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ नामक योजना ल्याएको हो ।
असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने अफरअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् । साथै, ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्सको सुविधा पाउने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत एमजीका विभिन्न हाइब्रिड तथा विद्युतीय मोडल समावेश गरिएको छ । कम्पनीका अनुसार हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी एचएस हाइब्रिड आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शनका लागि तयार गरिएको छ ।
त्यस्तै, एमजी एस५ ईभी क्षमता र बहुउपयोगितालाई ध्यानमा राखेर तयार गरिएको विद्युतीय एसयूभी हो । एमजी ४ मा १८० पीएस मोटर, एडीएएस, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको कम्पनीले जनाएको छ ।
ग्राहकमाझ लोकप्रिय एमजी कमेट ईभी ४३ लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध रहेको कम्पनीको भनाइ छ । एडीएएस तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित उक्त मोडललाई आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ ।
कम्पनीका अनुसार अफरमार्फत ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन् ।
अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे थप जानकारी लिन पारामाउण्ट मोटर्सले ग्राहकलाई नजिकको एमजी शोरुममा सम्पर्क गर्न आग्रह गरेको छ ।