चावहिल–बौद्धमा ट्रायम्फको नयाँ ३एस शोरुम, देशभर चार नयाँ शोरुम विस्तार

काठमाडौं । मोटरसाइकल ब्रान्ड ट्रायम्फले काठमाडौंको चावहिल–बौद्ध क्षेत्रमा नयाँ ३एस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) शोरुम सञ्चालनमा ल्याएको छ । ट्रायम्फ नेपालको आधिकारिक डिलर जेन पाल गियर्सले सञ्चालनमा ल्याएको यो शोरुमसँगै काठमाडौं उपत्यकामा ट्रायम्फका ग्राहकले बिक्रीदेखि आधिकारिक सर्भिस र ओरिजिनल स्पेयर पार्ट्ससम्मका सबै सेवा एउटै स्थानबाट पाउने भएका छन् ।

चावहिल–बौद्ध सडकमा रहेको नयाँ शोरुम उपत्यकाको व्यस्त र सहज पहुँच भएको क्षेत्रमा स्थापना गरिएको कम्पनीले जनाएको छ। अब यस क्षेत्रका मोटरसाइकलप्रेमीले ट्रायम्फका विभिन्न मोडल अवलोकन, खरिद तथा दक्ष प्राविधिकबाट आधिकारिक सर्भिसिङ सेवा लिन सक्नेछन् ।

कम्पनीका अनुसार नयाँ शोरुम सञ्चालनसँगै काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) र मर्मतका लागि टाढा जानुपर्ने बाध्यता पनि हट्नेछ ।  

ट्रायम्फ नेपालले एक साताभित्र देशका चार स्थानमा नयाँ ३एस शोरुम सञ्चालनमा ल्याएर आफ्नो नेटवर्क विस्तारलाई तीव्र बनाएको छ ।

कम्पनीले धनगढी, दाङ, हेटौँडा र काठमाडौंको चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । ट्रायम्फका अनुसार नेपालमा मिड–प्रिमियम मोटरसाइकल सेग्मेन्टमा एकै सातामा चार वटा पूर्ण ३एस शोरुम विस्तार गरिएको यो पहिलो अवसर हो ।

यस विस्तारसँगै सुदूरपश्चिमदेखि लुम्बिनी, मधेश हुँदै काठमाडौं उपत्यकासम्म ट्रायम्फको आधिकारिक सेवा सञ्जाल थप बलियो बनेको कम्पनीले जनाएको छ ।  

ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले काठमाडौंमा नयाँ शोरुम सञ्चालन हुनु उपत्यकाका राइडरका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

उनका अनुसार कम्पनीको लक्ष्य देशभर जहाँ ट्रायम्फ विस्तार भए पनि ग्राहकले एउटै छानामुनि मोटरसाइकल, आधिकारिक सर्भिस र ओरिजिनल स्पेयर पार्ट्स सहज रूपमा प्राप्त गर्न सकून् भन्ने हो ।

त्यस्तै, ट्रायम्फ चावहिल–बौद्धका डिलर पार्टनर जेन पाल गियर्सका रोहन शाहीले नयाँ शोरुमले चावहिल, बौद्ध र आसपासका क्षेत्रका राइडरलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुका साथै मोटरसाइकलप्रेमीहरूबीच भेटघाट र समुदाय निर्माणको केन्द्र बन्ने विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार चार नयाँ ३एस शोरुम सञ्चालनसँगै ट्रायम्फ नेपालले आफ्नो ग्राहक सेवा सञ्जाल र राइडर समुदायलाई अझ सुदृढ बनाउने अभियानलाई नयाँ चरणमा पुर्याएको छ ।

Share News