भैरहवा, बुटवल र दाङमा पुग्यो हुन्डाईको ‘अल–न्यु भेन्यू’

काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यू’ अब भैरहवा, बुटवल र दाङमा पनि उपलब्ध भएको छ । 

यससँगै यी क्षेत्र तथा आसपासका ग्राहकले हुन्डाईको नयाँ पुस्ताको भेन्यु प्रत्यक्ष रूपमा हेर्न तथा अनुभव गर्न पाउने भएका छन् ।

अल–न्यु भेन्युमा आकर्षक र बोल्ड डिजाइनसँगै आरामदायी सुविधा, अत्याधुनिक प्रविधि र प्रभावकारी कार्यक्षमताको संयोजन गरिएको कम्पनीले जनाएको छ । 

यसको फराकिलो र बलियो डिजाइनलाई ‘ट्विन हर्न एलईडी डीआरएल’, ‘होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प’, ‘डार्क क्रोम ग्रिल’ र ‘सिग्नेचर सी–पिलर गार्निस’ले थप आकर्षक बनाएको छ ।

गाडीको भित्री भागमा १०।२५ इन्चको ‘सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम’ उपलब्ध छ । यसमा वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायतका सुविधा छन् ।

कार्यसम्पादनतर्फ अल–न्यु भेन्युमा क्याप्पा १.२ लिटर एमपीआई पेट्रोल र क्याप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ ।

यसले दैनिक यात्राका लागि सहज कार्यक्षमतादेखि थप प्रतिक्रियाशील टर्बो प्रदर्शनसम्मको विकल्प उपलब्ध गराउने कम्पनीको भनाइ छ ।

सुरक्षाका लागि गाडीमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट (भीएसएम) र हिल–स्टार्ट असिस्ट कन्ट्रोल (एचएसी) जस्ता सुविधा राखिएका छन् ।

नेपाली बजारमा अल-न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो एसयूभी एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ ।

अल–न्यु भेन्यु अब भैरहवा, बुटवल र दाङस्थित हुन्डाईका सोरुममा उपलब्ध भइसकेको छ । ग्राहकले सोरुममै पुगेर गाडीको डिजाइन, प्रविधि, इन्टेरियर र कार्यक्षमताबारे जानकारी लिन तथा प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ ।

Share News