काठमाडौं । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कैद भुक्तानका क्रममा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ का २६ वर्षीय आर्यन पुरीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको हो ।
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएपछि पुरीले २०८२ वैशाख २४ गतेदेखि ललितपुरस्थित कारागार कार्यालय नख्खुमा कैद भुक्तान गरिरहेका थिए ।
तर, २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए ।
फरार हुँदा पुरीले १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
कारागारबाट फरार भएपछि उनी काभ्रेमा लुकीछिपी बसिरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।
सोही क्रममा उनलाई २०८३ असोज ६ गते काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेँसीबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका पुरीलाई आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय नख्खुमा बुझाइएको छ ।