बाढीपीडितलाई बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी

काठमाडौं । सरकारले रसुवा बाढीपीडितलाई बीमा दाबीमा ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो । 
 
नेपाल बीमा प्राधिकरणमार्फत बीमा दाबी प्रक्रियालाई सरल र द्रुत बनाइने सूचनामा उल्लेख छ । प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले बीमितलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी दिनुपर्ने व्यवस्था मिलाइएको हो । 

यसका लागि बीमकहरूलाई संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गर्न निर्देशन दिइएको छ ।   

यसबाहेक, प्रदेश सरकार तथा स्थानीय तहहरूलाई पनि बाढी प्रभावित क्षेत्रका व्यवसाय तथा सम्पत्तिमा निश्चित अवधिका लागि सम्पत्ति कर, व्यवसाय कर र नक्सापास दस्तुर लगायतका स्थानीय शुल्कहरूमा सहुलियत दिन अनुरोध गरिएको छ ।

Share News