काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसमा आगजनी हुँदा चालक घाइते भएका छन् ।
बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका हुन् ।
उक्त बस मुलपानी–थानकोटको रुटमा चल्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
घाइतेलाई किर्तिपुरस्थित बर्न अस्पताल उपचारका लागि पठाइएको उनले बताए ।
प्रहरीले घटनाको समयमा बसमा कुनै पनि यात्रु नभएको जानकारी दिएको छ ।
आगलागीलगत्तै घटनास्थलमा दमकल पुगेर आगो निभाएको थियो ।