एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । ललितपुरको भनिमण्डलमा नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकका लागि अधिकांश केन्द्रीय सदस्य भनिमण्डलस्थित बैठकस्थलमा पुगेका छन् । बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था, संगठन पुनर्गठन तथा निर्वाचन समीक्षा कार्यदलले तयार पारेको प्रतिवेदनलगायत विषयमा छलफल हुने बताइएको छ ।

यसअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तथा छलफलका विषय टुंगो लगाउने प्रयास गरेको थियो । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूबीच केही विषयमा सहमति जुटाउन छलफल जारी रहेकाले सचिवालय बैठकसमेत लामो समय चलेको थियो ।

null

आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा कार्यदलबाट प्रस्तुत प्रतिवेदन, पार्टीको आगामी संगठनात्मक कार्यदिशा र निर्वाचनपछि पार्टीको अवस्थाबारे समीक्षा हुने अपेक्षा गरिएको छ ।

बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको एमाले नेताहरूले बताएका छन् ।

nullnull

Share News