त्रिपुरेश्वरमा ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार (आज) मध्याह्न एक गाडीमा आगलागी भएको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ऋद्धिसिद्धि यातायातको गाडीमा आगलागी भएको हो । 

गाडीमा अचानक आगलागी भएपछि केही समय उक्त क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको थियो ।

आगलागीको कारण भने खुलिसकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

Share News