कालिञ्चोक दर्शनको नाफा १०५ प्रतिशत बढ्यो, ईपीएस ९.१६ रुपैयाँ

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १०५.१४ प्रतिशत बढेर ५ करोड ७६ लाख ८४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ करोड ८१ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत वर्ष कम्पनीको सञ्चालन आम्दानी १२.५५ प्रतिशत बढेर ८ करोड ५९ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ करोड ६३ लाख ६१ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा ३ करोड ७३ लाख ९ हजार रुपैयाँबाट घटेर ३ करोड १६ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीले गत वर्ष ३ करोड ६१ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । 

६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ८० लाख १२ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो वर्ष ४.६९ रुपैयाँ रहेको यस्तो आम्दानी गत वर्ष बढेर ९.१६ रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ८५.६२ गुणा छ भने प्रतिसेयर नेटवर्थ १०९.२१ रुपैयाँ पुगेको छ ।

Share News