कम समय र खर्चमा घुम्न सकिने उत्कृष्ट ९ गन्तव्य

छाटो गन्तव्यमा भव्य रमाइलो

काठमाडौँ । दशैं भन्नेबित्तिकै टीका, जमरा, मान्यजनको आशीर्वाद र मीठो-मसिनो खानेकुराको झझल्को आउँछ । निरन्तरको व्यस्त दैनिकीबाट केही समय राहत पाउन र परिवार तथा साथीभाइसँग गुणस्तरीय समय बिताउन दशैंको छुट्टी उत्कृष्ट अवसर पनि हो ।

लामो बिदा नपाए पनि एकदेखि तीन वा साता दिनको समय निकालेर नजिकका पर्यटकीय गन्तव्य पुग्ने, नयाँ ठाउँ चिन्ने र प्रकृतिसँग रमाउने योजना बनाउन सकिन्छ ।

दशैंको बिदामा कहाँ घुम्न जाने भन्ने प्रश्नको उत्तर सबैका लागि एउटै हुँदैन ।  कसैलाई हिमालको काखमा बसेर सूर्योदय हेर्न मन पर्छ, कसैलाई ऐतिहासिक बस्तीका गल्लीमा हराउन । कोही परिवारसँग शान्त वातावरणमा समय बिताउन चाहन्छन् भने कोही पदयात्रा र साहसिक गतिविधिको अनुभव लिन । यस्तै फरक रुचि, समय र बजेटअनुसार नेपालमै घुम्न सकिने थुप्रै गन्तव्य छन् ।

यदि तपाईँ यो दशैंमा काठमाडौँमै हुनुहुन्छ र छोटो बिदामा घुम्ने सोच बनाउँदै हुनुहुन्छ भने उपत्यका आसपास तथा थोरै दूरीमा रहेका यी आकर्षक गन्तव्यहरू तपाईँका लागि उत्कृष्ट विकल्प हुन सक्छन् ।

नगरकोट

काठमाडौँबाट नजिकै रहेको नगरकोट छोटो बिदामा घुम्नका लागि उपयुक्त गन्तव्य हो । काठमाडौँबाट करिब ३२ किलोमिटरको दूरीमा रहेको नगरकोट समुद्री सतहबाट करिब २ हजार १७५ मिटरको उचाइमा अवस्थित छ ।

नगरकोट विशेषगरी मनमोहक सूर्योदय र गणेश, लाङटाङलगायत हिमशृङ्खलाको दृश्यावलोकनका लागि प्रसिद्ध छ । यहाँबाट देखिने हिमाल, हरियाली डाँडाकाँडा र शान्त वातावरणले सहरी कोलाहलबाट केही समय टाढा रहेर रमाउन चाहनेलाई आकर्षित गर्छ । नगरकोटमा सामान्यदेखि विलासी रिसोर्टसम्मका आवास सुविधा उपलब्ध छन् । त्यसैले एक रात रिसोर्टमा बिताउने, बिहान सूर्योदयको दृश्य हेर्ने र त्यसपछि काठमाडौँ फर्किने योजना बनाउनेहरूका लागि नगरकोट उपयुक्त विकल्प हुन सक्छ ।

चन्द्रागिरी

उपत्यका नजिकै रहेको चन्द्रगिरी पर्यटकीय गन्तव्य हो । १ दिनमै घुमेर फर्किनका लागि चन्द्रागिरि उत्तम विकल्प हुन सक्छ । यो काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा पर्दछ ।

थानकोटदेखि चन्द्रगिरी डाँडाको चुचुरोसम्म २.४ किलोमिटर केबुलकार सञ्चालनमा छ । केबलकारको रोमाञ्चक यात्रा गर्दै डाँडामा पुगेर भालेश्वर महादेवको दर्शन गर्न र सिङ्गो काठमाडौँ उपत्यकाको दृश्य नियाल्न सकिन्छ ।

काठमाडौंबाट छोटो दुरीमा रहेकोकाले परिवार, साथीभाई वा बालबच्चा लिएर एकैदिन घुमेर वा एक रात बसेर भोलिपल्ट फर्किन मिल्ने यो ठाउँ निकै सहज छ । माथि डाँडामा आधुनिक रिर्सोट, रेस्टुरेन्ट, बालबालिकाका लागि चिल्ड्रेन पार्कको सुविधा उपलब्ध छ ।

null

सुन्दरीजल-चिसापानी

काठमाडौंबाट नजिककै दुरीमा रहेको प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र हाइकिङका लागि आकर्षक गन्तव्य सुन्दरीजल पनि हो ।

दशैंको छुट्टीमा पैदल हिँड्दै प्रकृतिसँग एकाकार हुन चाहनेहरूका लागि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै गरिने सुन्दरीजल-चिसापानी २ दिने ट्रेक पनि उपयुक्त छनोट बन्न सक्छ ।  घना जङ्गल, झरना र ताजा हवापानीले यात्रालाई रोमाञ्चक बनाउँछ ।

त्यहाँ नेपालको दोस्रो पुरानो सुन्दरीजल जलविद्युत केन्द्र र ऐतिहासिक ड्यामहरु अवलोकण गर्न सकिन्छ ।

धुलिखेल

काठमाडौँबाट करिब ३० किलोमिटर पूर्वमा रहेको धुलिखेल एक सुन्दर पहाडी पर्यटकीय स्थल हो । धुलिखेलबाट अन्नपूर्ण, गणेश हिमाल, लाङटाङ, गौरीशंकर र लोत्सेलगायत करिब २० वटा हिमशृखला देख्न सकिन्छ । 
विहानको सूर्यदय र साँझको सूर्यास्त हेर्न सकिन्छ ।

यहाँ प्रसिद्ध धार्मिकस्थल नमोबुद्धसम्मको सहज हाइकिङ गर्न सकिन्छ । त्यस्तै जिपलाइनलगायतको साहसिक गतिविधिको आनान्द लिन सकिन्छ । यस्तै ऐतिहासिक नेवारी संस्कृति, पुराना गल्लीहरूको लागि यो ठाउँ प्रख्याद छ । शान्त वावातारणमा बस्न चाहनेहरुको लागि यो ठाउँ उपयुक्त छनोट हुन सक्छ ।

चित्लाङ
मकवानपुरको चित्लाङ प्राकृतिक रूपमा सुन्दर ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्पन्न पर्यटकीय स्थल हो । थोरै समय र कम खर्चमा घुम्नको लागि चित्लााङ एक उत्कृष्ट गन्तव्य हो । त्यहाँ पारिवारिक वातावरणमा अर्गानिक खाना र स्थानीय होमस्टेको आनन्द लिन सकिन्छ ।

त्यहाँको मूख्य आकर्षण भनेको नेपालकै पहिलो बाख्राको चीज उत्पादन केन्द्र जहाँ स्थानीय रुपमा उत्पादित अग्रानिक चीजको स्वाद लिनन सकिन्छ । त्यस्तै सातवटा ढुंगेधारा जहाँबाट तस्विर खिच्न र फ्रेस हुन सकिन्छ । त्यसबाहेक अशोक चैत्यको दर्शन गर्न सकिन्छ ।

चित्लाङ घुमेपछि नजिकै रहेको कुलेखानी तालमा बोटिङ गर्ने र ताजा माछाको स्वाद लिने अनुभव लिन सकिन्छ । 

null

कालिञ्चोक

थोरै साहसिक र धार्मिक यात्रा रुचाउनेहरूका लागि दोलखाको कालिञ्चोक भगवती दर्शन उपयुक्त गन्तव्य हो । समुन्द्र सतहदेखि ३ हजार ८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिर हिन्दुहरुको पवित्र तीर्थस्थल पनि हो ।  

त्यस्तै यहाँ कुरी बजारबाट फन्दिरको फेदीसम्म पुग्नको लागि केबुलकारको सुविधा उपलब्ध छ । जसले गर्दा बालबलिका र वृद्धवृद्धाको लागि मन्दिरसम्मको यात्रा सहज र रोमाञ्चक हुन सक्छ । 

कालिञ्चोकको फेदीमा रहेको कुरी बजारमा पर्यटकको लागि खर्चअनुसारको होटल तथा लजहरुको पनि व्यवस्था छ ।

null

दामन 

दामन काठमाडौंबाट नजिकै रहेको एक सुन्दर पर्यटकीय गन्तव्य हो । जहाँबाट संसारकै सर्वोच्च शिखर सगरमाथासहित नेपालका प्रमुख हिमशृङ्खलाहरूको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

समुद्री सतहबाट लगभग २ हजार ३२२ मिटरको उचाइमा रहेको यो ठाउँ व्यस्त दैनिकीबाट टाढा रहेर शान्त र चिसो वातावरणमा रमाउन चाहनेहरूका लागि उत्कृष्ट विकल्प हो ।

चिसो मौसम र हरियाली डाँडाहरूमा १–२ दिनको पारिवारिक भ्रमणका लागि यो निकै शान्त र रमणीय ठाउँ हो ।

पोखरा

हवाई वा सडक दुवै मार्गको प्रयोग गरी पुग्न सकिने पोखरा २ देखि ३ दिनको बिदाका उपयुक्त गन्तव्य हो । पोखरा धेरैको रोजाईको पर्यटकीय स्थल पनि हो । अरु समयमा पनि यहाँ पर्यटकको आवतजावत भइरहकै हुन्छ ।

पोखराको मूख्य आकर्षण फेवाताल र तालवाराही मन्दिर हो । फेवातालमा बोटिङ र। मन्दिरको दर्शन गर्न पाइन्छ । फेवातालको पारिपटि रहेको डाँडामा रहेको बौद्ध स्तुपाबाट हिमाल र पोखरा सहरको दृश्वअवलोकण गर्न सकिन्छ । पोखरामै १५ ५१ फिट लामो महादेवको मुर्तिको दर्शन गर्न पाइन्छ ।

त्यस्तै विन्ध्यावासिनी मन्दिरको दर्शन, डेभिड फल्स, गुफा अवलोकनका साथै प्याराग्लाइडिङ, जिपलाइन र बञ्जी जस्ता साहसिक खेलको आनन्द पनि लिन सकिन्छ । त्यस्तै प्याराग्लाइडिङको आनान्द पनि लिन सकिन्छ । 
पोखरामा सामान्यदेखि लक्जरियस होटल तथा रेस्टुरेन्टहरुका रहेको छ । जसले गर्दा आफ्नो बजेटअनुसारको होटलमा बस्न सकिन्छ ।

null

बन्दीपुर

बन्दीपुर तनहुँ जिल्लामा रहेको ऐतिहासिक र प्राकृतिक हिसाबले अत्यान्तै सुन्दर पर्यटकीय गन्तव्य हो । बन्दीपुरलाई ‘पहाडकी रानी’ पनि भनिन्छ । काठमाडौँ र पोखराको मध्यभागमा पर्ने हुँदा बन्दीपुर गएर पोखरा जान पनि सकिन्छ ।

बन्दीपुरमा नेपालकै सबैभन्दा ठूलो गुफा मानिने ’सिद्धा गुफा’ को रोमाञ्चक अवलोकन र अन्वेषण गर्न सकिन्छ । त्यस्तै यहाँका पुरानो शैलीका ढुङ्गाले छापिएका बाटोहरू, काठका कलात्मक झ्यालहरू र नेवारी तथा मगर संस्कृतिले भरिपूर्ण परम्परागत घरहरू अवलोकण गर्न सकिन्छ । त्यस्तै त्यहाँ प्याराग्लाइडिङ लगायतका साहसिक पर्यटनको समेत मज्जा लिन सकिन्छ ।
 

Share News