काठमाडौं । एनसेल आजियाटाले मनसुन लक्षित नयाँ अफर सार्वजनिक गरेको छ । कम्पनीले योग्य डेटा तथा भ्वाइस प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्ने ग्राहकलाई ५ देखि २० प्रतिशतसम्म तत्काल क्यासब्याक उपलब्ध गराउने योजना ल्याएको हो ।
एनसेलका अनुसार अफरअन्तर्गत प्रिपेड ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गरेपछि क्यासब्याक प्राप्त गर्न सक्नेछन् । प्याक सक्रिय गरेपछि ग्राहकले रिवार्ड पुष्टि भएको एसएमएस प्राप्त गर्नेछन् भने क्यासब्याक रकम एनसेल एपमा रहेको खातामा जम्मा हुनेछ ।
कम्पनीका अनुसार ग्राहकले प्राप्त भएको क्यासब्याक २४ घण्टाभित्र दाबी गर्नुपर्नेछ । दाबी गरिएको रिवार्ड भने जारी भएको मितिले एक साताभित्र प्रयोग गरिसक्नुपर्ने व्यवस्था छ । प्रत्येक योग्य प्याक खरिदमा क्यासब्याक पाइने भए पनि यो सुविधा नगदमा साट्न वा अन्य ग्राहकलाई हस्तान्तरण गर्न भने मिल्ने छै न।
अफरअनुसार ५० देखि ९९ रुपैयाँसम्मको प्याक खरिदमा ५ प्रतिशत, १०० देखि २०० रुपैयाँसम्मको प्याकमा १० प्रतिशत, २०१ देखि ४९९ रुपैयाँसम्मको प्याकमा १५ प्रतिशत र ५०० रुपैयाँ वा सोभन्दा माथिको प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ ।
एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले ग्राहकलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बताए । उनका अनुसार यस अभियानले ग्राहकलाई बचतसँगै एनसेल एपमार्फत उपलब्ध विभिन्न डिजिटल सेवा र साझेदारका विशेष अफरको लाभ लिन पनि सहज बनाउने छ।
कम्पनीले यो अफर सीमित अवधिका लागि मात्रै लागू हुने र एनसेलका प्रिपेड ग्राहकले मात्र यसको लाभ लिन सक्ने जनाएको छ ।