काठमाडौ । आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ९ सय रुपैयाँले बढेर दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदी ४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।