काठमाडौं । लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालद्वारा आयोजित तथा पोखरास्थित सम्पूर्ण लियो क्लबहरूको संयुक्त आतिथ्यमा ‘क्लब अफिसर्स स्कुलिङ’ कार्यक्रम पोखरा-८, फिरकेस्थित पोखरा इन्जिनियरिङ कलेजमा शनिबार सम्पन्न भएको छ । कार्यक्रम लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालका डिस्ट्रिक्ट भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट (भिडिपी) लियो माधव तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर पीएमजेएफ लायन प्रजापति बास्तोलाले सेवामूलक नेतृत्व, अनुशासन, सहकार्य र उत्तरदायी कार्यशैलीमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन लियो सदस्यहरूलाई प्रेरित गरे ।
कार्यक्रममा क्याबिनेट सेक्रेटरी लायन जीवन गोरखाली, क्याबिनेट ट्रेजरर लायन पुरुषोत्तम पराजुली, डिस्ट्रिक्ट सिनियर अफिसर लायन तुलसा रेग्मी, स्पोन्सर क्लबका प्रतिनिधि तथा डिस्ट्रिक्ट एड्भाइजरहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन लियो अनुज अधिकारीले गरेका थिए भने सञ्चालन ट्रेनिङ पुल सेक्रेटरी लियो गणेश पाण्डेले गरेका थिए । गेम्स कोअर्डिनेटरको जिम्मेवारी जिल्ला सचिव लियो सहनशील बरालले सम्हालेका थिए ।
कार्यक्रममा विभिन्न लियो क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, बोर्ड तथा समिति सदस्य र साधारण सदस्य गरी ८१ भन्दा बढी लियो नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत पदअनुसार छुट्टाछुट्टै प्रशिक्षण सञ्चालन गरिएको थियो । आईपीडीपी लियो बालकृष्ण परियारले अध्यक्ष तथा उपाध्यक्षहरूलाई, डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाले सचिव तथा सह-सचिवहरूलाई, डिस्ट्रिक्ट एड्भाइजर लियो आभाष दाहालले कोषाध्यक्षहरूलाई, भिडिपी लियो माधव तिमिल्सिनाले बोर्ड तथा समिति सदस्यहरूलाई प्रशिक्षण दिएका थिए ।
नयाँ तथा साधारण सदस्यहरूका लागि जिल्ला सचिव लियो सहनशील बरालले लायनवाद, नेतृत्व विकास तथा संगठनात्मक जिम्मेवारीसम्बन्धी अभिमुखीकरण सञ्चालन गरेको थियो ।
डिस्ट्रिक्ट प्रेसिडेन्ट लियो आशीष थापाको लायोनिस्टिक वर्ष २०२६/२७ को वार्षिक ‘कर्मसहित को नेतृत्व’ मूल मन्त्रलाई आत्मसात् गर्दै आयोजना गरिएको उक्त कार्यक्रमले नवनिर्वाचित तथा वर्तमान क्लब पदाधिकारीहरूलाई प्रभावकारी नेतृत्व, संगठन सञ्चालन तथा जिम्मेवारी निर्वाहका लागि आवश्यक ज्ञान, सीप र प्रेरणा प्रदान गरेको जिल्ला सचिव लियो सहनशील बरालले जानकारी दिए ।
कार्यक्रमका अवसरमा उत्कृष्ट सहभागिता तथा अनुशासन प्रदर्शन गर्ने क्लब र व्यक्तित्वहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
फस्र्ट फाइभ रजिस्ट्रेसन अवार्ड लियो क्लब अफ पोखरा अन्नपूर्णले प्राप्त गरेको थियो भने नाइन प्लस पार्टिसिपेसन अवार्ड लियो क्लब अफ गोरखा र लियो क्लब अफ बागलुङ कालिकालाई प्रदान गरिएको थियो ।
त्यसैगरी, मोस्ट पार्टिसिपेसन फ्रम रिजन अवार्ड रिजन माछापुच्छ्रे, मोस्ट फिमेल पार्टिसिपेसन फ्रम क्लब अवार्ड लियो क्लब अफ चौतारी पोखरा, बेस्ट ड्रेस कोड अवार्ड लियो क्लब अफ बागलुङ पीस टाउन, बेस्ट पर्फर्मिङ क्लब अफ द इभेन्ट अवार्ड लियो क्लब अफ पोखरा, मोस्ट फेलोसिप लियो लिडर अवार्ड लियो प्रसन्न बराल तथा मोस्ट डिसिप्लिन्ड लियो अफ द इभेन्ट अवार्ड लियो कविता त्रिपाठीलाई प्रदान गरिएको थिया ।
कार्यक्रम सफल बनाउन योगदान पु¥याउने आयोजक समिति, प्रशिक्षक, अतिथि, सहयोगी संस्था, प्रायोजक, स्वयंसेवक तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जे नेपालले आभार व्यक्त गरेको छ ।