काठमाडौं । ललितपुर जिल्ला अदालतले युवतीलाई गोप्य अंग प्रदर्शन गर्ने व्यक्तिमाथि अनुसन्धान गर्न अनुमति दिएको छ ।
सोमबार पक्राउ परेका बैतडी घर भएका सुरेन्द्र भट्टमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद लिइएको जिल्ला प्रहरी परिसर, ललितपुरले जनाएको छ ।
प्रहरी वृत्त सातदोबाटोले उनीविरुद्ध सार्वजनिक स्थलमा अश्लील प्रदर्शन गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ ।
भट्ट शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा समन्वय इकाईमा दरबन्दी भएर सिंहदरबारस्थित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा अधिकृत तहमा कार्यरत छन् ।
आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अंग देखाएको युवतीको आरोप छ ।