नेपालभर सुरू भयो चेरी क्यूको डेलिभरी

काठमाडौं । गत नाइमा मोबिलिटी एक्सोपमा नेपाल आएको चेरी क्यू इलेक्ट्रीक एसयूभीको नेपालभर डेलिभरी सुरु भएको छ ।

नेपालका लागि चेरीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले एकसाथ देशका प्रमुख सहरहरुमा डेलिभरी सुरू गरेको हो ।

कम्पनीका अनुसार काठमाडौंसहित नेपालका प्रमुख सहरहरू चितवन, बिर्तामोड, बुटवल, विराटनगरमा औपचारिक रूपमा डेलिभरी सुरू गरिएको छ ।

सेग्मेन्टकै उत्कृष्ट विशेषताहरूले सुसज्जित चेरी क्यूमा ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । जसले एकपटकको फुचार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

चेरी क्यूमा ५४० डिग्री क्यामेरा, १८५ एमएम ग्राउण्ड क्लियरेन्स, विद्युतीय रूपमा सञ्चालित ७० लिटरको फ्रङ्क स्पेस, १५.६ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम तथा २० भन्दा बढी एडास सुविधाहरू रहेका छन् ।

आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस अर्बन एसयूभीले आकर्षक डिजाइन र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्दछ ।

चेरी क्यूले प्रतिष्ठित रेड डट डिजाइन अवार्ड २०२५ र आइएफ डिजाइन अवार्ड २०२६ समेत प्राप्त गरेको छ ।

Share News