अर्थका दुई विभागमा २ जना भुसाल, भन्सारमा यमलाल, राजश्वमा भीष्म

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतका दुई महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरिएको छ । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल नियुक्त भएका छन् भने आन्तरिक राजश्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई जिम्मेवारी दिइएको छ ।

भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । त्यस्तै, भन्सार विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन् ।

यस्तै, आन्तरिक राजश्व विभागका हालका महानिर्देशक रमेश अर्याल पनि अर्थ मन्त्रालय बाहिर सरुवा भएका छन् । नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिव हालै बसेको मन्त्रिपरिषद् बैठकबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी हुन् । 

Share News