काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतम नियुक्त भएका छन् ।
कम्पनीले रिक्त रहेको पदमा बीमा ऐन, २०७९ को दफा ४९ (२) बमोजिम योग्यता र अनुभव प्राप्त काठमाडौं महानगरपालिका–३१ बस्ने थानेश्वर गौतमलाई असार १२ गतेदेखि लागू हुने गरी नियुक्त गर्ने निर्णय गरेको हो ।