भेट्रान निर्माण व्यवसायी शर्मा र बडु प्रहरी नियन्त्रणमा

समयमै निर्माण सम्पन्न नगरेको र अनावश्यक योजना ओगटेको आरोप

काठमाडौं । शर्मा एण्ड कम्पनीका अध्यक्ष रमेश शर्मा र लामा कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक पिताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार उनीहरुलाई काठमाडौंबाट नियन्त्रणमा लिएको हाे ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्काले उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिएर अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा छलफल भइरहेको छ, ठेक्का समयमा निर्माण सम्पन्न नगरेको र अनावश्यक रुपमा योजना ओगटेको आरोप लागेको छ,’ खड्काले विकासन्युजसँग भने । 

Share News