कम्बोडिया जाँदा नेपालीले ८ लाखसम्म बुझाए, २७ जना जेलमा

काठमाडौं । विभिन्न भिसामा कम्बोडिया पुगेका २७ जना नेपाली जेलमा परेका छन् । थाइल्याण्डस्थित नेपाली दूतावसले विभिन्न कुसरमा पुर्पक्षका लागि २७ जना कम्बोडियाको कारागारमा रहेका छन् ।

दूतावासले पुर्पक्षको प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने व्यहोरा समेत जनाएको छ । कम्बोडियामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गर्ने उद्देश्यले अनलाइन फाराम २११ जना भरेका छन् । जसमा ९ जना महिला रहेका छन् ।

२११ जना नेपालीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेको दूतावासले जानकारी दिएको छ । ट्राभल डकुमेन्ट आवश्यक रहेको भनेर विवरण उपलब्ध गराएका व्यक्तिहरूको ट्राभल डकुमेन्ट तयार गरेर कम्बोडिया पठाइसकिएको दूतावासले उल्लेख गरेको छ ।

त्यसैगरी, २५ जना नेपालीहरू आज नेपाल फर्किने दूतावासले उल्लेख गरेको छ । कम्बोडियाबाट नेपाल फर्कदा  कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न दूतावासले बताएको छ ।

‘कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट हुने मुलुकको भिसा आवश्यक पर्न सक्ने, साथै आफ्नो लगेज पुनस् चेक इन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले यात्रा झन्झटिलो हुन सक्छ,’ दूतावासले जागरी गरेको सूचनामा बताइएको छ । 

कम्बोडिया जाँदा २ देखि ८ लाख रुपैयाँ सम्म एजेन्टहरूलाई बुझाएको दूतावासले जानकारी दिएको छ ।  
दूतावासले नेपाल फर्किनासाथ नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेर दोषीलाई कारबाही गराउन तथा आफूले बुझाएको रकम असुल उपर गर्न आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।   

कम्बोडियामा नेपालीहरू रोजगारी भिसा, पर्यटकीय भिसा, व्यवसायिक भिसा र अन्य भिसामा पुग्ने गरेका दूतावासले जनाएको छ । कम्बोडिया पुगेका २३ प्रतिशत नेपालीको मात्र भिसा अवधि रहेको छ । त्यहाँ पुगेका ५३ प्रतिशत नेपालीको पासपोर्ट नभएकाले ट्राभल डकुमेन्ट आवश्यक रहेको खुलेको छ । ४० प्रतिशतलाई भने ट्राभल डकुमेन्ट आवश्यक रहेको बताइएको छ ।   

Share News