उर्लिएका नदी, जोखिममा उपत्यका (तस्बिरसहित)

काठमाडौं । बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा शुक्रबार ठूलो बाढी आएको छ । 

बागमतीसहित मनोहरा, हनुमन्ते, विष्णुमती, नख्खुलगायतका नदी तथा खोलामा पानीको बहाव बढेको हो ।

लगातारको वर्षापछि नदी तथा खोलाको सतह बढ्दै गएपछि उपत्यकाका विभिन्न क्षेत्रमा बाढीको जोखिमसमेत बढेको छ । 

बागमतीलगायतका नदी करिडोर आसपासका सडकमा बाढीको पानी पस्न थालेपछि कतिपय स्थानमा आवतजावतसमेत बन्द गरिएको छ ।

बाढीको जोखिम बढेपछि सुरक्षाकर्मीले नदी करिडोरका सडक तथा आसपासका क्षेत्रमा माइकिङ गर्दै सर्वसाधारणलाई सचेत गराइरहेका छन् । 

नदी तथा खोलाको किनारमा नजान र जोखिमपूर्ण क्षेत्रमा सावधानी अपनाउन सुरक्षाकर्मीले आग्रह गरेका छन् ।

बाढी महाशाखाका अनुसार शुक्रबार काठमाडौंसहित देशका अधिकांश जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्ने र बाढीको जोखिम उच्च हुने सम्भावना छ ।

निरन्तरको वर्षासँगै उपत्यकाका नदी तथा खोलामा आएको बाढीले जनजीवन प्रभावित बनेको छ । नदी किनारका सडक, करिडोर तथा आसपासका बस्तीमा समेत जोखिम बढेको छ ।

हेर्नूहोस् तस्बिरहरू :

nullnullnullnullnullnullnullnullnullnull

Share News