काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार मन्त्रिपरिषद्को बैठक जारी रहेको छ । उक्त बैठकका निर्णयहरू सार्वजनिक गर्ने जिम्मेवारी भने आजका लागि सरकारका नियमित प्रवक्ताभन्दा फरक मन्त्रीलाई दिइएको छ ।
सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मीत पोखरेल व्यस्त रहेकाले आजको बैठकका निर्णयहरू संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।