काठमाडौं । बुधबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले घटेर २६७० विन्दुमा झरेको छ ।
आज ९३ कम्पनीको मूल्य बढ्दा १५३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
बुधबार ३१६ कम्पनीको २ करोड ३० लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ७१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
साथै, माउन्टेन इनर्जीको ५९ करोड, न्यादी गुप्रको ५७ करोड, युनिभर्सल पावरको ४३ करोड र हिमालयन रिइन्स्योरेन्सको ३७ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ओम मेगाश्री फर्माको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।