५३ अंकले बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ अंकले बढेर २६८१ विन्दुमा पुगेको छ । 

आज २२९ कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको नेप्सेले जनाएको छ ।

मंगलबार ३१० कम्पनीको मूल्य बढ्दा १ करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, न्यादी गुप्रको ३६ करोड, युनिभर्सल पावर कम्पनीको ३१ करोड, सानिमा माइ हाइड्रोको ३० करोड र सोल्टी होटल लिमिटेडको २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

आज ४ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेयाश्री फर्मा र राप्ती हाइड्रोको सेयर मूल्य सकारात्मक रहेका छन् ।

साथै, मंगलबार सबै सूचकमा हरियाली छाएको छ ।    

Share News