क्षतिको विवरण हरेक साता पेस गर्न प्राधिकरणको निर्देशन, आवद्ध नभएका सर्भेयरले पनि काम पाउने

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढीबाट भएको धनसम्पत्तिको क्षतिको विवरण हरेक साता पेश गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै प्राधिकरणले क्षति भएको विवरण हरेक साता प्राधिकरणमा पेश गर्न निर्देशन दिएकाे हाे । यसरी विवरण प्राधिकरणमा पठाउनका लागि निश्चित ढाँचा तय गरिएको छ । प्राधिकरणले तय गरेको ढाँचाअनुसार विवरण पेश [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाढीबाट भएको धनसम्पत्तिको क्षतिको विवरण हरेक साता पेश गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । मंगलबार एक निर्देशन जारी गर्दै प्राधिकरणले क्षति भएको विवरण हरेक साता प्राधिकरणमा पेश गर्न निर्देशन दिएकाे हाे ।

यसरी विवरण प्राधिकरणमा पठाउनका लागि निश्चित ढाँचा तय गरिएको छ । प्राधिकरणले तय गरेको ढाँचाअनुसार विवरण पेश गर्नुपर्ने हुन्छ । हरेक साताको बुधबार कम्पनीहरूले प्राधिकरणमा विवरण पेश गर्नुपर्ने छ ।

यसका साथै कम्पनीहरूको सूचीमा आवद्ध नभएका सर्भेयरलाई समेत सर्भेमा खटाउन प्राधिकरणले निर्देशन दिएका छ । हालको बाढी-पहिरोबाट भएको क्षतिको दाबी भुक्तानीका लागि बीमकले पुनर्बीमा कम्पनीहरूलाई पनि पत्राचार गर्न प्राधिकरणले भनेको छ ।

Share News