
काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडका सेयरधनीहरूको १५औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।
सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडाैंमा संस्थाका अध्यक्ष श्री समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हाे ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र साेही मितिमा समाप्त आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेकाे थियाे ।
त्यस्तै, सभामा सेयरधनीलाई चुक्ता पूँजीमा ७.५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएकाे छ ।
उक्त साधारणसभाले आव २०८१/०८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।