काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तका विभिन्न तीन जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्पमा रहेको सेयर बिक्रीमा राखेका हुन् ।
लघुवित्तका अनुसार संस्थापक सेयरधनी डोलराज ढुंगानाको नाममा रहेको १५ हजार कित्ता, माया बस्नेत केसीको ५ हजार कित्ता र पदमपानी काफ्लेको १ हजार ५ सय कित्ता गरी कुल २१ हजार कित्ता सेयर बिक्रीमा राखेका हुन् ।
लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारणलाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।