अरुण काबेलीको साधारणसभा कार्तिक ४ गते

<p>काठमाडौं । अरुण काबेली पावर लिमिटेडले कार्तिक ४ गते साधारणसभा आह्वान गरेकाे छ । साधारणसभामा असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिनसक्ने छन् । साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । साधारणसभामा आर्थिक वर्ष २०८० &#x200d;/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने [&hellip;]</p>

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले कार्तिक ४ गते साधारणसभा आह्वान गरेकाे छ ।

साधारणसभामा असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिनसक्ने छन् । साधारणसभा प्रयोजनको लागि असोज १८ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

साधारणसभामा आर्थिक वर्ष २०८० ‍/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने कम्पनीले जनाएकाे छ ।

यसैगरी, लेखा परीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने जनाइएकाे छ ।

कम्पनीले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आव २०८१/०८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गरी संकलन गरेको रकममध्येबाट काबेली इनर्जी लिमिटेड कम्पनीले निर्माण गरिहेको ‘काबेली ए जलविद्युत आयोजना’को सेयरमा लगानी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, काबेली इनर्जी लिमिटेडले निर्माण गरिहेको ‘काबेली ए जलविद्युत आयोजना’ ३ दशमलव ६० मेगावाटमा कर्जा लगानी गर्ने कुमारी बैंकलाई यस कम्पनीबाट प्रदान गरिएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्ने जनाइएकाे छ ।

Share News