८ वर्ष सेवा बाँकी छँदै सहसचिव अधिकारीले दिए राजीनामा

काठमाडौं । सरकारी सेवामा अझै आठ वर्ष कार्यकाल बाँकी रहेका प्राविधिक सहसचिव भीमार्जुन अधिकारीले राजीनामा दिएका छन् । 

प्रस्तावित ३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेरहद लागू भएको अवस्थामा समेत सचिव बन्ने सम्भावना रहेका अधिकारीले सहसचिवबाटै सरकारी सेवाबाट बाहिरिने निर्णय गरेका हुन् ।

पूर्वाधार विकास मन्त्रालयमा कार्यरत अधिकारी प्राविधिक समूहबाट सचिव बन्ने सम्भावित प्रतिस्पर्धीमध्ये अग्रस्थानमा थिए । 

प्रस्तावित ३०–५५ को व्यवस्था कार्यान्वयनमा आएको भए उनी इन्जिनियरिङ क्लस्टरबाट सचिव बन्ने लाइनमा  थिए । 

त्यसो हुँदा पूर्वाधार विकास मन्त्रालयकै सचिवको जिम्मेवारी सम्हाल्ने सम्भावनासमेत रहेका सहसचिव अधिकारीले सेवा वाट राजिनामा दिएका हुन् ।

प्रस्तावित सेवा अवधि र उमेरहदको व्यवस्थाअनुसार प्राविधिकतर्फ गणेशप्रसाद भट्ट, भीमार्जुन अधिकारी र रमाकान्त दुवाडी सचिवका प्रमुख दाबेदार मानिएका थिए । 

तर, सचिव पदसम्म पुग्ने सम्भावना हुँदाहुँदै अधिकारीले सहसचिवकै हैसियतमा सरकारी सेवाबाट बिदा लिएका हुन् ।

मन्त्रालयका अधिकारीहरूका अनुसार अधिकारीले राजीनामा दिएका हुन् । उनको सेवाअवधि अझै आठ वर्ष बाँकी थियो ।

यसअघि प्राविधिक सहसचिव प्रभातकुमार झाले पनि सेवा अवधि १५ वर्ष बाँकी छँदै राजीनामा दिएका थिए । 

पेन्सन सुविधा लिएर सरकारी सेवा छाडेका झापछि अधिकारी पनि बीचैमा सेवाबाट बाहिरिने प्राविधिक सहसचिव बनेका छन् ।

Share News