रिलायबल लाइफको कम्पनी सचिवमा तिवारी नियुक्त

<p>काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । तिवारीलाई कार्तिक एक गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण [&hellip;]</p>

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।

तिवारीलाई कार्तिक एक गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवको जिम्मेवारी दिएको हो ।

Share News