कोरोना बीमा रकमबारे सर्वाेच्चद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी

<p>काठमाडौं । कोरोना बीमा दाबी भुक्तानीको रकमको विषयमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वाेच्चले सरकारलाई १५ भित्र कोरोना बीमा दाबी भुक्तानीबारे अदालतले किन आदेश नदिने भन्नेबारे कारणसहित उपस्थित हुन भनेको हो । कोरोना बीमा दाबीवापतको ११ अर्ब रुपैयाँ भुक्तानीको माग गर्दै नेपाल बीमक संघले दायर गरेको रिट उपर सुनुवाइ गर्दै सर्वाेच्चले [&hellip;]</p>

काठमाडौं । कोरोना बीमा दाबी भुक्तानीको रकमको विषयमा सर्वाेच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

सर्वाेच्चले सरकारलाई १५ भित्र कोरोना बीमा दाबी भुक्तानीबारे अदालतले किन आदेश नदिने भन्नेबारे कारणसहित उपस्थित हुन भनेको हो ।

कोरोना बीमा दाबीवापतको ११ अर्ब रुपैयाँ भुक्तानीको माग गर्दै नेपाल बीमक संघले दायर गरेको रिट उपर सुनुवाइ गर्दै सर्वाेच्चले यस्तो आदेश दिएको हो । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा यस्तो आदेश दिएको हो ।

यस्तै, उक्त मुद्दा अग्राधिकार दिएर पेश गर्ने आदेशसमेत सर्वाेच्चले दिएको छ । अर्थात अबको पेशीमा यो सम्बन्धित इजलासको सबैभन्दा पहिलो नम्बरमा पेशी हुनेछ ।

बीमा कम्पनीहरूको तर्फबाट संघका महासचिव अशोककुमार खड्काले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरण (साविक बीमासमिति)लाई विपक्षी बनाएर मुद्दा दायर गरेको हाे ।

विगत ४ वर्षदेखि सरकारले कोरोना बीमावापतको ११ अर्ब रुपैयाँ भुक्तानी माग गर्दा पनि नदिएपछि संघ अदालत गएको हो ।

Share News