सम्पत्ति बीमा निर्देशन संसोधन: हाइड्रोपावरको बीमा गर्दा आतंकवाद अनिवार्य

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० संसोधन गरेको छ । निर्देशन संसोधन गरेर प्राधिकरणले जलविद्युतको बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्था अनिवार्य गरेको छ । यसअघि आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्था बीमितका लागि ऐच्छिक थियो । जसको बीमाशुल्क ६ महिनासम्म ०.३० प्रति हजार र ६ महिनादेखि १ वर्षसम्म [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन, २०८० संसोधन गरेको छ । निर्देशन संसोधन गरेर प्राधिकरणले जलविद्युतको बीमामा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्था अनिवार्य गरेको छ ।

यसअघि आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्था बीमितका लागि ऐच्छिक थियो । जसको बीमाशुल्क ६ महिनासम्म ०.३० प्रति हजार र ६ महिनादेखि १ वर्षसम्म ०.५० प्रति हजार रुपैयाँ थियो ।

अब भने जलविद्युतको बीमा गर्दा आतंकवाद, हुलदंगा तथा द्वेषपूर्ण कार्यको जाखिमको व्यवस्था बीमा कम्पनीले स्वत: गर्नुपर्ने छ । त्यसका लागि जलविद्युतको सम्पत्ति बीमा अन्तर्गतको बीमाशुल्कमा नै समेटिएको हुन्छ ।

विगतमा आतंकवादलाई ऐच्छिक रूपमा राखिएको थियो र जलविद्युतका प्रवर्द्धकहरूले बीमा गर्दा सो आतंकवादको बीमा नगर्न पाउँथे । त्यसका लागि सोबापत उनीहरूले ०.५ प्रतिहजार रुपैयाँसम्म बीमाशुल्क कम तिर्नुपर्ने हुन्थ्यो ।

Share News