काठमाडाैं । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको मुद्दाको पेशीको सुनुवाइ सोमबार हुने भएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा सो पेशी परेको छ । रिटको पेशी इजलासको १० औं नम्बरमा रहेको छ ।
बीमा कम्पनीहरूको तर्फबाट संघका महासचिव अशोककुमार खड्काले सर्वाेच्चमा रिट दायर गरेका थिए ।
संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमा प्राधिकरण (साविक बीमासमिति)लाई विपक्षी बनाएर मुद्दा दायर गरेको थियो ।
सरकारले कोरोना बीमावापतको ११ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । विगत ४ वर्षदेखि सो भुक्तानी माग गर्दा पनि सरकारले उपलब्ध नगराएपछि संघ अदालत गएको हो ।
याे पनि पढ्नूहाेस् : कोरोना बीमाको रकम माग गर्दै बीमक संघद्वारा सर्वोच्चमा मुद्दा दायर