पशुपति रिन्यूएबल्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त

<p>काठमाडौं । पशुपति रिन्यूएबल्सले सर्वसाधारणमा प्राथमिक सार्वजनिक (आईपीओ) निष्काशन  गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन सम्झौता पत्रमा पशुपति रिन्यूएबल्सका तर्फबाट अध्यक्ष डा. संदिप शाह र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् । [&hellip;]</p>

काठमाडौं । पशुपति रिन्यूएबल्सले सर्वसाधारणमा प्राथमिक सार्वजनिक (आईपीओ) निष्काशन  गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन सम्झौता पत्रमा पशुपति रिन्यूएबल्सका तर्फबाट अध्यक्ष डा. संदिप शाह र एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात् बिक्री प्रबन्धक एनएमबी क्यापिटलले नियामक निकायबाट तोकिएका सम्पूर्ण प्रक्रिया तथा कामहरू गर्ने अध्यक्ष सन्दीप शाहले बताए । साथै नियामकबाट सबै प्रक्रिया पुरा गरी छिट्ट आईपीओ निष्काशन गर्ने उनको भनाइ छ ।

वैकल्पिक ऊर्जामा लगानी गर्न स्थापना भएको यस कम्पनीले हाल १० मेगावाटको धरमनगर सोलार फार्म आयोजना र १५ मेगावाटको धरमनगर सोलार फार्म आयोजना छिट्टै सञ्चालनमा ल्याउने गरी कामहरू भइरहेको अध्यक्ष शाहले बताए ।

Share News