काठमाडौं । आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल छ ।
आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको कम्पनीले जनाएको छ । अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो जसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् ।
यस सम्झौतामा आईएमएस सफ्टवेयरको तर्फबाट प्रबन्ध निर्देशक सन्तोष तम्राकार र अर्न सिक्काको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा, ग्राहकहरूले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ ।
जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ, परिणामस्वरूप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुने कम्पनीले जनाएको छ ।