‘बोहनी’ अब फोनपे क्युआरबटै

<p>काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले देशभरका व्यवसायहरूलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ । फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी’, फोनपे क्युआर बाटै’ भन्ने पहलको सुरुवात गरेको छ । यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित [&hellip;]</p>

काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले देशभरका व्यवसायहरूलाई आफ्नो पहिलो भुक्तानी, जसलाई चलन चल्तीको भाषामा ‘बोहनी’ भनिन्छ । फोनपे क्युआरमार्फत स्वीकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी’, फोनपे क्युआर बाटै’ भन्ने पहलको सुरुवात गरेको छ ।

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्दछ । फोनपे क्युआरमार्फत बोहनी स्वीकार गर्दा, व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुको साथसाथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् ।

अभियानमा सहभागी हुन, व्यवसायीहरूले फोनपे बिजनेस एपमा लग(इन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ, र अभियान अवधिमा फोनपे क्युआर मार्फत भुक्तानी लिएको हुनु पर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार यस पहलको आशय भनेको हाम्रो व्यवसायीहरूलाई, डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यवसायिक कार्यहरूमा समाहित गर्न अझ बढि प्रोत्साहन गर्नु हो । उनले भने, ‘हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्युआर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्युनतम जोखिम, र उच्च व्यवसायिक दक्षताको अनुभव गर्न सक्नेछन् ।’

Share News