
काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा भएको छ ।
क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका इकाईधनीहरूलाई करसहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई करसहित १० प्रतिशत प्रतिफल अर्थात् नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
क्यापिटलले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति भने सार्वजनिक गरेको छैन । बुक क्लोजमो मितिपछि बताइने क्यापिटलले जनाएको छ ।
