एनएमबि बैंकले ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने, लाभांश दर कति ?

<p>काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । त्यस्तै, बैंकले १०० [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

बैंकको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएका खण्डमा ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैंकले १०० रुपैयाँ दरले ३ करोड इकाई अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर जारी गर्ने भएको छ ।

Share News