काठमाडौं । अल्फा क्यापिटलले आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले बुधबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
अल्फा क्यापिटलका प्रबन्ध निर्देशक अजयकुमार श्रेष्ठ र एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले एक समारोहबीच यससम्बन्धी समझदारीपत्रमा संयुक्तरूपमा हस्ताक्षर गरेका छन् ।
यस अवसरमा कम्पनीका प्रबन्ध निर्देशक श्रेष्ठले आईपीओ निष्कासन गर्ने योजना सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताए ।