काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको आठौं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । कम्पनीको साधारण सभा ५२.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो ।
उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५२.५३ प्रतिशत (कर सहित) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
साथै, आर्थिक वर्ष २०८०र०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
उक्त सभामा सञ्चालक समितिको अध्यक्ष सन्तोषकुमार राठीले २० करोड रुपैयाँ चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोडभन्दा बढी आम्दानी गरी १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको बताए ।
यसैगरी व्यवसायतर्फ असार मसान्त, २०८१ सम्म ७ लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फण्ड सेवा अन्तर्गत ५ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मक ६ वटा योजना मार्फत ५ अर्ब ५२ करोड भन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको कम्पनीले जनाएको छ ।
लगानी व्यवस्थापन सेवा अन्तर्गत ७०४ जना ग्राहकहरुबाट २ अर्ब ११ करोड भन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको छ ।
शेयर रजिष्ट्रार सेवा अन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा “क्ष्म्भ्ब् तय क्ष्एइ” सेवा अन्तर्गत १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको अध्यक्ष राठी बताउँछन् ।
साथै, क्यापिटलले आठौं वार्षिक साधारण सभामा प्रस्ताव गरेको लाभांशसहित आफ्ना सेयरधनीलाई हालसम्म २४० प्रतिशत रिर्टन वितरण गर्न सफल भएको उनले बताए ।