काठमाडौं । सेयर बजार परिसूचक नेप्से १०० अंकभन्दा धेरैले घटेको छ । मंगलबार नेप्से १११.९६ अंकले घटेर २७८२.६० बिन्दुमा अडिएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३३० कम्पनीको १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ३३३ कम्पनीको १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यस दिन २० कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २२३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
सूचीकृत १३ उपसमूहमध्ये होटल तथा पर्यटन समूह ०.४३ प्रतिशत बढेको छ । बाँकी सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै बैंकिङ समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहका लगानीकर्ताले ४.९२ प्रतिशतले गुमाएका हुन् ।
मंगलबार तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
पछिल्लो केही दिन यता बजार निरन्तर घट्न थालेसँगै फेरि बियरिस सुरु भएको होकि भन्ने अनुमान पनि गर्न थालिएको छ । तर, केहीले भने यो करेक्सन रहेकोले अब सेयर बजार माथि जाने लाइनमा रहेको धारणा पनि राखिरहेका छन् ।