बुद्धको जहाज विराटनगरमा अवतरण गर्न नसकेपछि चन्द्रगढीमा आकस्मिक अवतरण

<p>झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । काठमाडौबाट विराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए [&hellip;]</p>

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार बुद्ध एयरको जहाज आइतबार विराटनगरमा अवतरण गर्न नसकेपछि झापाको चन्द्रगढी विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौबाट विराटनगर आउँदै गरेको बुद्ध एयरको ७०५ विमान भद्रपुरमा अवतरण गरिएको हो । विराटनगरमा मौसम खराब भएपछि भद्रपुरमा आकस्मिक अवतरण गरिएको नागरिक उड्ययन कार्यालय चन्द्रगढीका प्रमुख किशोर कुमार खत्रीले जानकारी दिए ।

दिउँसो साढे २ बजे चन्द्रगढीमा अवतरण भएको विमान मौसममा सुधार भएपछि विराटनगरतर्फ नै उडेको उनले बताए ।

मुख्यमन्त्रीसहित अरू यात्रुहरू चन्द्रगढी विमानस्थलमा विमानभित्रै बसेका थिए । विमानमा चालक दलसहित ७० जना यात्रु रहेका थिए । विमान आधा घण्टापछि विराटनगरमा अवतरण भइसकेको जनाइएको छ ।

Share News