
काठमाडौं । केही दिनअघिसम्म निरन्तर सकारात्म सर्किट लागिरहेको नेपाल फाइनान्स कम्पनीको सेयरमूल्यमा आइतबार नकारात्मक सर्किट लागेको छ । वित्तीय विवरण कमजोर रहँदा पनि निरन्तर सकारात्मक सकिर्ट लागेको कम्पनीको आइतबार भने बारोबार सुरु भएको एक घण्टामै नकारात्कम सर्किट लागेको हाे ।
यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । दोस्रो बजारजमा कम्पनीको १ लाख ३७ हजार कित्ता सेयर बिक्रीका लागि राखिएको थियो । तर, खरिदकर्ता भने शून्य छन् । लगानीकर्ताहरूको रोजाइबाट नेपाल फाइनान्स क्रमश बाहिरिदै गएको देख्न सकिन्छ ।

गत वर्ष फाइनान्सले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियाे। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीकाे गत असारसम्म प्रतिसेयर आम्दानी २.४८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.५२ रुपैयाँ रहेको छ । त्यस्तै पिई रेसियो ३६०.१५ रहेको छ ।