शतप्रतिशत हकप्रद सेयर जारी गर्दै मोदी इनर्जी

<p>काठमाडौं । मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको ५८ औं बैठकले बैंकको ऋण चुक्ता गर्नको लागि हकप्रद सेयर जारी [&hellip;]</p>

काठमाडौं । मोदी इनर्जी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १:१ अनुपातमा सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीको सञ्चालक समितिको ५८ औं बैठकले बैंकको ऋण चुक्ता गर्नको लागि हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । विद्युत नियमन आयोगको सहमतिपछि हकप्रद सेयर निष्कासनको एजेन्डा आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ ।

Share News