लगातार दुर्घटनापछि तीन कम्पनीको उडानमा रोक, चपेटामा अन्नपूर्ण र मुस्ताङ हेलिकप्टर

<p>काठमाडौं । हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै ती वटा हवाई कम्पनीको उडानमा रोक लगाएको छ । प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै सौर्य एयरलाइन्स, मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टरलाई उडानमा रोक लगाएको हो । १५ दिनको अवधिमा ठूला दुई हवाई दुर्घटना भएपछि प्राधिकरणले यी तीन कम्पनीलाई उडानमा रोक लगाएको जानकारी दिएको [&hellip;]</p>

काठमाडौं । हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै ती वटा हवाई कम्पनीको उडानमा रोक लगाएको छ । प्राधिकरणले सुरक्षा व्यवस्थाको कारण देखाउँदै सौर्य एयरलाइन्स, मुस्ताङ र अन्नपूर्ण हेलिकोप्टरलाई उडानमा रोक लगाएको हो ।

१५ दिनको अवधिमा ठूला दुई हवाई दुर्घटना भएपछि प्राधिकरणले यी तीन कम्पनीलाई उडानमा रोक लगाएको जानकारी दिएको छ । प्राधिकरणले उडानमा रोक लगाउँदै उडान सञ्चालन प्रमाणपत्र (एओसी) समेत निलम्बन गरेको जानकारी दिएको छ । प्राधिकरणले सुरक्षा प्रणाली ६० प्रतिशतभन्दा कम हुने कम्पनीलाई उडानमा रोक लगाएको बताएको छ ।

दुई साताअघि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । अहिले प्राधिकरणले सो एयरलाई उडानमा प्रतिबन्ध लगाएको हो ।

बुधबार पनि एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो । १५ दिनको अवधिमा ठूला दुई हवाई दुर्घटना भएपछि प्राधिकरणले अन्नपूर्ण र मुस्ताङ हेलिकप्टरलाई पनि उडानमा रोक लगाएको छ ।

Share News